११ कम्पनीको सेयर भाउमा नेगेटिभ सर्किट, कुनको मूल्य कति पुग्यो ?

डिसी नेपाल
११ फागुन २०७९ १२:५५
184
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। बिहिबारको कारोबारमा सुमित लघुवित्त, नेसनल माइक्रोफाइनान्स लघुवित्त, महिला लघुवित्त, जीवन विकास लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, नेस्डो समृद्ध लघुवित्त, आदर्श लघुवित्त, धौलागिरी लघुवित्त, सृजनसिल लघुवित्त, आधीखोला लघुवित्त र राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा नकारात्मक सर्किट लागेको हो।  यी दश वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।

सुमित लघुवित्तको सेयर भाउ १ सय २० रुपैयाँ ५० पैसाले घटेर १ हजार ८४ रुपैयाँ ५० पैसा, नेसनल माइक्रोफाइनान्स लघुवित्तको सेयर भाउ २ सय ११ रुपैयाँ ८० पैसाले घटेर १ हजार ९ सय ६ रुपैयाँ २० पैसा र महिला लघुवित्तको सेयर भाउ २ सय २३ रुपैयाँ ५० पैसाले घटेर २ हजार ३ सय ७१ रुपैयाँ ५० पैसामा सिमित भएको छ।

यस्तैगरि जीवन विकास लघुविको सेयर भाउ २ सय ३४ रुपैयाँले घटेर २ हजार १ सय ६ रुपैयाँ, जल्पा सामुदायिक लघुवित्तको सेयर भाउ ३ सय ८ रुपैयाँ ७० पैसाले घटेर २ हजार ७ सय ७८ रुपैयाँ ३० पैसा र नेस्डो समृद्ध लघुवित्तको सेयर भाउ ३ सय १० रुपैयाँले घटेर २ हजार ७ सय ९० रुपैयाँमा झरेको छ।

यस्तै, आदर्श लघुवित्तको सेयर भाउ १ सय ९१ रुपैयाँ ७० पैसाले घटेर १ हजार ७ सय २५ रुपैयाँ ३० पैसा, सृजनसिल लघुवित्तको सेयर भाउ १ सय १८ रुपैयाँ ५० पैसाले घटेर १ हजार ६६ रुपैयाँ ५० पैसा, आधीखोला लघुवित्तको सेयर भाउ १ सय ३० रुपैयाँ ४० पैसाले घटेर ९ सय ३० रुपैयाँ ६० पैसा र राष्ट्रिय उत्थान लघुवित्तको सेयर भाउ १ सय ९२ रुपैयाँले घटेर १ हजार ७ सय २८ रुपैयाँ रहेको छ।

मार्केट डेपमा यी सबै कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.