सेयर बजार घटेसंगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

डिसी नेपाल
११ फागुन २०७९ १५:३२
80
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजारमा पहिरो गएको छ। बिहिबार नेप्से परिसूचक ५७.७४अंकले घटेर २०२२.६४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९५ अङ्कले घटेर ३८४.४० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीमा ४० कम्पनीको सेयर भाउ अत्याधिक घटेको छ। सेयर भाउ घट्नेमा छिमेक लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वरोजगार लघुवित्त, नयाँ सारथी लघुवित्त, कालिका लघुवित्त, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त, विजय लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, ग्लोबल आइएमई लघुवित्त र सुर्योदय बोमी लघुवित्तको सेयर भाउ १० प्रतिशतले घटेको छ।

यस्तै, किसान लघुवित्त, जनउत्थान लघुवित्त,मेरो माइक्रोफाइनान्स, फोवार्ड लघुवित्त, उन्नति सहकारी लघुवित्त, महुली लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त,  गणपति लघुवित्त, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्त, मानुषी लघुवित्त, उपकार लघुवित्त, सीवाईसी नेपाल लघुवित्त,  सुमित लघुवित्त, नेसनल माइक्रोफाइनान्स लघुवित्त, महिला लघुवित्त, जीवन विकास लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, नेस्डो समृद्ध लघुवित्त, आदर्श लघुवित्त, धौलागिरी लघुवित्त, सृजनसिल लघुवित्त, आधीखोला लघुवित्त र राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्था सेयर भाउ १० प्रतिशतले घटेको छ।

यस्तै, खप्तर्ड लघुवित्त र लक्ष्मी लघुवित्तको सेयर भाउ ९.९९ प्रतिशतले घटेको छ भने ग्रामिण विकास लघुवित्तको सेयर भाउ ९.९४ प्रतिशतले घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.