सेयर बजारमा पहिरो, ५७.७४ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
११ फागुन २०७९ १५:१५
148
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजारमा पहिरो गएको छ। बिहिबार नेप्से परिसूचक ५७.७४अंकले घटेर २०२२.६४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९५ अङ्कले घटेर ३८४.४० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५२ करोड २७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा छिमेक लघुवित्त अग्रिम स्थानमा छ। यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा नेपाल हाइड्रो डेभलपर र समलिंग पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, छिमेक लघुवित्त र डिप्रोक्स लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.