शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१२ फागुन २०७९ ९:०५
96
Shares

काठमाडौँ। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रूपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ १३ पैसा र बिक्रीमा ९० रूपैयाँ ५४ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०७ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७९ पैसा र विक्रीमा १० रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.