दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

डिसी नेपाल
१२ फागुन २०७९ ९:१५
80
Shares

खोटाङ। खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ। गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको हो।

झण्डै ३९ किलोमिटर लामो सडकखण्डमा नियमित बस सञ्चालन भएपछि भाडादरसमेत कायम गरिएको छ। साकेला गाउँपालिका–२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म रु पाँच सय, यातिम्छाचोकबाट दिक्तेलसम्म रु चार सय ५० तथा यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म रु चार सय भाडादर कायम गरिएको छ।

यस्तै लामदुवाली–दिक्तेल रु तीन सय ७०, चम्पा–दिक्तेल रु तीन सय ५०, चिउरीडाँडा–दिक्तेल रु तीन सय, दुम्ली–दिक्तेल रु दुई सय ६०, रुवाबु–दिक्तेल रु दुई सय ४०, च्यानडाँडा–दिक्तेल रु एक सय ८० र मोहोरिया–दिक्तेल रु एक सय ३० भाडादर कायम गरिएको छ। दिक्तेलबाट रतन्छासम्म समान ढुवानी गर्न १० किलोसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकिलो रु चारका दरले भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *