वनभोजमा गएकी जसपा सांसद रहमानको हृदयघातका कारण निधन

डिसी नेपाल
१३ फागुन २०७९ १६:०५
376
Shares

भक्तपुर। सूर्यविनायक नगरपालिका-३ घ्याम्पेडाँडामा पिकनिक मनाउन गएकी जनता समाजवादी पार्टी (जसपा)का सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ।

आज जसपा नेपाल गैरभौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा भद्रपुर नगरपालिका–६ स्थायी घर भई हाल मध्यबानेश्वर काठमाडौँ बस्ने ६४ वर्षीय रहमान वनभोजस्थलमै मेचबाट एक्कासी ढलेर बेहोस भएपछि उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा लगिएकामा अस्पतालका चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

जसपाकी केन्द्रीय सदस्यसमेत गएकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद भएकी थिइन्।

सांसद रहमानको शव मध्यपुर अस्पतालबाट कानुनी प्रक्रिया पुर्‍याएर लैजाने तयारी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *