सन्दिप लामिछानेको मुद्धा सर्वोच्चको बन्द इजालासमा अझै जारी
काठमाडौँ। नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ।
सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको को आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनु पर्ने भन्दै दिएको निवेदन माथी सर्वोच्च अदालतको सुनुवाइ बन्द इजलासमा भईरहेको हो।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै रिट निवेदनको सुनुवाइ भइरहेको छ। इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्ने आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ।
बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानुनी व्यवस्था छ। बन्द इजलासमा दुवै पक्षका वकिलको मात्रै उपस्थिति छ।







डिसी नेपाल







Facebook Comment