काठमाडौंमा पहिलो हिउँदे बर्षा

डिसी नेपाल
१४ फागुन २०७९ १६:५१
112
Shares

काठमाडौं। आइतबार काठमाडौंमा वर्षा भएको छ।

काठमाडौं उपत्यकाभित्र ललितपुर, काठमाडौं र भक्तपुरका केही ठाउँमा हल्का वर्ष भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ।

काठमाडौंसंगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपात भइरहेको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *