पल शाहको मुद्दाको सुनवाई सकियो, सफाइको आशामा पल शाह

डिसी नेपाल
१४ फागुन २०७९ १७:५८
412
Shares

पोखरा। कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ।

उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको बहसको सुनवाई सकिएको हा।

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले आजै आदेश आउने सक्ने जानकारी दिए। अदालत परिसरमा सञ्चारकर्मीको भीड लागेको छ।

कलाकार पल शाह सफाईको आदेश आउने प्रतिक्षामा रहेका छन्। उनलाई तनह्ँ जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ।

उनी यस आदेशवाट सफाई पाए भने डेढ बर्ष पछि कारागार मुक्त हुनेछन, पाएनन् भने थप डेढ बर्ष कारागारमा रहनु पर्ने छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *