चार कम्पनीको ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

डिसी नेपाल
१६ फागुन २०७९ १०:४३
120
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार कम्पनीको ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। सेयर सुचिकृत हुनेमा प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स र सोल्टी होटेल रहेका छन्।

प्रिमियर इन्स्योरेन्सको १७ लाख ४९ हजार ४५१ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

सोल्टी होटेलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.