सिद्धार्थ बैंकको १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। सिद्धार्थ बैंकको १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले दुई जना संस्थापक सेयरधनी विनोदकुमार खेतान र सुधा अग्रवालको नाममा रहेको सेयर बिक्री ल्याएको हो।
संस्थापक सेयरधनी विनोदकुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता सेयर रहेका छन्।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौँको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई लिखित आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन पेस नभएमा अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुलाइने बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment