साहित्यकार शर्माको निधन

डिसी नेपाल
३१ असार २०८३ १९:०४

काठमाडौं । साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको गौरीनगरस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो।

‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक शर्माका ‘महापुरुष’ र दिवास्वप्न’ उपन्यास तथा ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कृति छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको दिवङ्गत शर्माको पारिवारिक स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *