सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग
काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ।
अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था जस्ले २०१८ देखी एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको छ। साथ–साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरु पनि चलाउदै आइरहेको छ । उक्त संस्थाको सद्भावना दूत प्रसिद्ध अभिनेत्री शिल्पा मास्के रहेकी छिन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रहरुमा साथ सहयोग प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।







डिसी नेपाल







Facebook Comment