नेको इन्स्योरेन्ससहित चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको ६७ लाख ६२ हजार ३२८.२४ कित्ता बोनस सेयर सूचिकृत भएको छ। मंगलबारको कारोबारमा नेको इन्स्योरेन्स, आरएसडीसी लघुवित्त, साधना लघुवित्त र अपी पावर कम्पनीको सेयर सूचिकृत भएको हो।
नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८.२० कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
यस्तै, आरएसडीसी लघुवित्तको ८ प्रतिशतले हुन आउने ६ लाख ४४ हजार १२४.५९ कित्ता र साधना लघुवित्तको १९ प्रतिशतले हुन आउने ६ लाख १० हजार ३२८.४५ कित्ता बोनस सेयर सुचिकृत भएको हो।
यस्तैगरि, अपी पावर कम्पनीको २८ लाख ८३ हजार ६८६ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।







डिसी नेपाल







Facebook Comment