सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका सबै काम रोक्न आदेश दिएको हो।
यसअघि गत शुक्रबार नै सर्वोच्चले आयोगका कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको थियो। तर, उक्त आदेशको अवज्ञा गर्दै आयोगले पूर्वन्यायाधीश, पूर्वसैन्याधिकारी र संवैधानिक आयोगका पूर्वपदाधिकारीबाहेक अन्यको सम्पत्ति छानबिन गर्ने कार्यलाई निरन्तरता दिने भनी सूचना जारी गरेको थियो।
आयोगको उक्त कदम अदालतको अवहेलना भएको भन्दै अधिवक्ता मनीराम उपाध्यायले रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश निरौलाको इजलासले आयोगद्वारा जारी उक्त सूचना कार्यान्वयन नगर्न र आयोगका सबै काम रोक्न पुनः अन्तरिम आदेश जारी गरेको हो।
No ads found for this position



डिसी नेपाल
Hoinna vrastai vrasta milera ke garna khojya ? kahile samma rokchhau ?