२३ चैतदेखि भूगोल इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

डिसी नेपाल
१५ चैत २०७९ १०:०२
60
Shares

काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि चैत २३ गतेदेखि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १० लाख ८८ हजार १०७ कित्ताको प्रति कित्ता १ सय रुपयाँ अंकित मूल्यमा १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आईपीओमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ताले चैत २७ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवेदन नपरेको खण्डमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *