प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता सेयर लिलामीमा आउँदै

डिसी नेपाल
१५ चैत २०७९ १०:३१
168
Shares

काठमाडौँ। प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता संस्थापक सेयर चैत २१ गतेदेखि लिलामीमा आउने भएको छ। यस सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले लिलामीमा राखिने सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन पाउने छन्। लगानीकर्ताले न्यूनतम मूल्य १३० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ।

इच्छुक लगानीकर्ता बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँ नक्सालस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ। लिलामी भर्ने अन्तिम म्याद चैत २९ गतेसम्म तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *