दुई लघुवित्तको सेयरमा मूल्य समायोजन, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको सेयरमा मूल्य समायोजना भएको छ। सेयरमा मूल्य समायोजना हुनेमा विजय लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था रहेको छ।
विजय लघुवित्तको २० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि संस्थाको सेयर भाउ ६ सय ५८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा संस्थाको अन्तिम सेयर कारोबार ७ सय ९० रुपैयाँमा भएको थियो।
कालिका लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ५९ रुपैयाँ ६६ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा संस्थाको अन्तिम सेयर कारोबार ७ सय ८५ रुपैयाँमा भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment