नेप्से परिसूचक १०.८७ अंकले घट्यो, २७ लाख ५० हजार कित्ता सेयर कारोबार

डिसी नेपाल
१६ चैत २०७९ १५:१२
60
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ३६९.४८ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिवम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ५ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरी र जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा सुपरमाई हाइड्रोपावर र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आदर्श लघुवित्त र जल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *