सेयर बजार १०.८७ अंकले ओरालो
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। लगातार तिनदिन देखि बढेको सेयरबजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ।
बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ३५९.४८ विन्दुमा पुगेको छ।
यसअघि बुधबारको कारोबारमा सेयर बजारमा उकालो लागेको थियो । साेही दिन नेप्से परिसूचक नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा पुगेको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ९५ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ। नेप्से सुचकमा ४९ कम्पनीमा वृद्धि भएको छ। १५७ कम्पनीमा ओरालो लागेको र ९ कम्पनी स्थिर रहेको छ।
कारोबारको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ। हिमालय डिस्टिलरी दोस्राे स्थानमा छ। उक्त कम्पनीको ३ करोड १२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो।
सोमबार १३ उपसूचकहरू मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड कम्पनीमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ।
आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।







डिसी नेपाल







Facebook Comment