बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन बढ्यो, सीडी रेसियो घट्यो

डिसी नेपाल
१७ चैत २०७९ ९:३७
436
Shares

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १ अर्बले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार १४ चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको छ। १३ चैतसम्म बैंकहरूको निक्षेप ५२ खर्ब ९ अर्ब रुपैयाँ रहेको थियो।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप १ अर्बले बढेर ४७ खर्ब ७१ अर्ब पुगेको छ। १३ पौषसम्म वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ७० अर्ब रहेको थियो।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी भने स्थिर रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी स्थिर रहेर ४८ खर्ब १६ अर्ब रहेको छ।

यता, बैंकहरूको सिडी रेसियो पनि घटेको छ। बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.०८ प्रतिशतबाट घटेर ८५.६० प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *