एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

डिसी नेपाल
२२ चैत २०७९ १४:३३
388
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ।

एभरेष्ट बैंकको १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ४६ हजार ८३० कित्ता नेप्से सूचीकृत भएको छ।

यो ऋणपत्र लक्ष्मी क्यापिटल मार्केटमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत ब्याजदर पाइनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *