एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

डिसी नेपाल
२२ चैत २०७९ १४:३३

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ।

एभरेष्ट बैंकको १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ४६ हजार ८३० कित्ता नेप्से सूचीकृत भएको छ।

यो ऋणपत्र लक्ष्मी क्यापिटल मार्केटमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत ब्याजदर पाइनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *