धनकुटामा रोजगार मेला हुँदै

डिसी नेपाल
३० जेठ २०८० १०:२८
20
Shares

धनकुटा। धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ। नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो।

नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ। मेलामा नगर क्षेत्रमा रहेका उद्योग/व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहनेछन्। मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए।

कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *