श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ

डिसी नेपाल
१ भदौ २०८० १५:१९
196
Shares

बर्दिया। बर्दियामा श्रीमती हत्याका आरोपमा एक जना पक्राउ परेका छन्। ४० वर्षीया केस कुमारी विकको हत्या गरेको अभियोगमा बढैयाताल गाउँपालिका–१ सानोडाँफे बस्ने ५१ वर्षीय कृपाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *