बर्दियामा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
२ भदौ २०८० १९:४४
884
Shares

बर्दिया । बर्दियामा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा रहेका छन्।

गत असार १२ गते रातको समयमा विश्वकर्माले २४ वर्षीया युवतीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको आरोप छ। इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो। उनीमाथि जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *