सल्यानमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

डिसी नेपाल
४ भदौ २०८० २०:३२
128
Shares

सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका–२ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका–११ का ६० वर्षीय कमारो कामी रहेका छन्।

दुवै जनाको दाङ तुल्सिपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। रुकुम पश्चिमको नुवाकोटबाट दाङतर्फ जाँदै गरेको लु२ख ५७३१ नम्बरको गाडी सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ आगरखोलामा  दुर्घटना भएको थियो।

गाडी‌ सडकबाट दुई सय‌ मिटर‌ तल खसेको र अन्य १३ घाइतेको राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *