स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं। स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरणका लागि शुक्रबार बुकक्लोज गर्न लागेको लघुवित्तले बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्ने जनाएको छ।
सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । लघुवित्तले पुस ४ गते विहान ११ बजे २२ औ साधारणसभा बोलाएको छ।
१२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।
यसैगरी सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने प्रस्ताव समेत अघि सारेको छ। एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment