नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिकाः अर्थमन्त्री डा.महत

डिसी नेपाल
७ पुष २०८० १५:०३
8
Shares

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री महतले आईटी सेक्टरमा निर्यात बढिरहेको र आउँदा दिनमा अझ बढ्न सक्ने भन्दै नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।

सूचना प्रविधि क्षेत्रको बिकाका लागि सरकारले सकेसम्म योगदान गर्ने उहाले बताए। १२ कक्षापछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवाहरुलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उनले जोड दिए।

उनले सरकारले आईटी नीति बजेटमार्फत् व्यवहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरेको बताए।

राज्यले दिएको सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताए। मन्त्री महतले आउँदा दिनमा आईटी नीति अझ सहज हुने पनि जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *