जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौ। आज पुस १७ गते मंगलबार जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
कम्पनीले लगानीकर्तालाई १४।७३ प्रतिशत लाभांश वितरण गर्दैछ। जसअनुसार लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३ प्रतिशत नगद वितरण गर्दैछ।
सभा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ्गमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ। उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ।
यस कम्पनीले बुधबार पुस १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment