नेपाल टेलिकम लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं। आज पुस १८ गते बुधबार नेपाल टेलिकम लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ।
कम्पनीको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन्।
तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment