मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

डिसी नेपाल
१८ पुष २०८० १०:२३
140
Shares

काठमाडौं। आज पुस १८ गते बुधबार मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको हो।

जसअनुसार ९.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.५१% गरि उक्त नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *