सरकारमा सहभागी हुने भन्ने बारेमा जसपाले कुनै निर्णय लिन सकेन

डिसी नेपाल
२३ फागुन २०८० ११:४४
180
Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल ‘अनिर्णयको बन्दी’ भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय लिन बसेको कार्यकारीणी समितिको बैठक बिना निष्कर्ष सकिएको छ।

‘जसपाको कार्यकारिणी समितिको बैठक सकियो तर प्रचण्ड सरकारमा जाने ‘नजाने कुनै निर्णय गर्न सकेन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही समय ‘पर्ख र हेर’को अवस्था रहने भन्ने भएको छ।’ उनका अनुसार बैठकले कुनै निर्णय लिन नसके पछि सोही सन्देश बोकेर अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजेन्द्र श्रेष्ठ वालुवाटार लागेका छन्।

प्रचण्ड सरकारलाई विश्वासको मत दिन र सरकारमा सामेल हुने बारेमा सो पार्टीको बहुमत सदस्य बिपक्षमा उभिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *