पदभार ग्रहण गर्दै उपेन्द्र यादवले गरे शल्यक्रियामा देखिएको ढिलाई हटाउने निर्णय

डिसी नेपाल
२७ फागुन २०८० १३:५२
192
Shares

काठमाडाैं। नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शल्यक्रियामा देखिएको ढिलाईलाई छिटो छरितो व्यवस्था मिलाउने निर्णय गरेका छन्।

आइतबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै यादवले संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियाको समय लिन विरामीको लामो लाइन हुने अवस्था रहेकाले घरैबाट शल्यक्रियाको समय लिन सक्ने निर्णय गरेका हुन्।

बिरामीहरु लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले सहज बनाउदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने दाबी गरे।

यादवले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि र विकास गर्ने प्रतिवद्धता जनाए। त्यस्तै उनले जनताको सेवा गर्नेलाई वरीयताको वास्ता नहुने जिकिर गरे।

जसपा अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उनी यसअघि पनि उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री भइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *