रामेछापको टार सिमन्तीमा आगलागी, १४ घर जले

डिसी नेपाल
१ चैत २०८० २२:४०
88
Shares

मन्थली। रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेरका छन्। आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन्। नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जंगलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन्।

आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो। अहिले आगो निभाइएको छ। क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए।

आगलागीबाट घरसँगै लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ। अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको नगर प्रमुख लवश्री न्यौपानेले जानकारी दिए। उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *