सभामुख घिमिरेको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्ड प्रस्थान

डिसी नेपाल
८ चैत २०८० १८:५४
108
Shares

काठमाडौं। सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन्।

यही चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल आज कतार एयरलान्सको उडानबाट दोहा हँुदै जेनेभातर्फ प्रस्थान गरेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

उक्त महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले) का महेशकुमार बर्तौला, नेकपा(माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी छन्। यस्तै राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलबासे, संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत सहभागी भएका छन्।

सभामुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा संघीय संसद्कोतर्फबाट आफनो वक्तव्य प्रस्तुत गर्ने जनाइएको छ। सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *