सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो।
यता, आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य स्थिर रहडिया प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment