नेविसंघको केन्द्रीय प्रवक्तामा अधिवक्ता सुरज सेजुवाल

डिसी नेपाल
२० वैशाख २०८१ १२:३६
76
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको रुपमा अधिवक्ता सुरज सेजुवाललाई जिम्मेवारी दिएको छ। केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

अधिवक्ता सुरज सेजुवाल स्थायी रुपमा जुम्ला घर भई हाल नेविसंघको सक्रिय राजनीतिमा रचनात्मक रुपले लागिरहेका छन्। लामो समयदेखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा देखिएका अधिवक्ता सुरज सेजुवालको लामो राजनीतिक पृष्ठभूमि रहेको छ। अधिवक्ता सेजुवाल २०६१ सालमा नेविसंघको साधारण सदस्य भई सक्रिय राजनीतिमा लाग्दै आएका हुन्।

विभिन्न शैक्षिक गतिविधि लगाएतका अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने अधिवक्ता सेजुवालले त्रिवि कानुन संकायबाट एलएलएम सम्मको अध्ययन गरेका छन्। उनले विद्यार्थी राजनीतिलाई विशुद्ध राजनीतिबाट अलिकति अलग राखेर शैक्षिक बहसको मुद्दालाई शिरोधार्य गरि शैक्षिक अभियानको रुपमा बुझ्नुपर्ने राय दिँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *