राज्यबाट कृषि क्षेत्र उपेक्षित हुनु दुर्भाग्यपूर्णः कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यले कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र यो क्षेत्र उपेक्षित भएको बताएका छन्। पार्टी आबद्ध किसान संगठनद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कृषि भूमी क्षेत्रको वैकल्पिक मोडल तयार गर्नुपर्नेमा जोड दिए।
सरकारसँग कुनै प्रभावकारी नीति,योजना र कार्यक्रम नभएको भन्दै थापाले किसानहरु पीडित हुनुमा राज्य जिम्मेवार भएको जिकिर गरे। मल, बीउ, बजार केहिमा सरकार नदेखिएको भन्दै कृषि मन्त्रालय नै कसैको रोजाईमा नपर्ने गरेको भन्दै सबैले छोड्ने मन्त्रालय हुनुले नै कृषि क्षेत्रको दयनीय अवस्थाको उजागर हुने समेत टिप्पणी गरे। ‘सकेसम्म अरु मन्त्रालयमा जान इच्छा हुने कृषि मन्त्रालय जान मन नहुने अवस्था दुर्भाग्यपूर्ण’ भएको उनको भनाई थियो।
कार्यक्रममा कृषि भूमी व्यवस्थापन र कृषि तथा सहकारी विषयमा क्रमशः डाक्टर विष्णु भण्डारी र राजाराम बर्तौला चुनेलीले प्रस्तुति दिएका थिए भने वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले मन्तव्य राखेका थिए। घोषणा सभामा डम्बर शिवाकोटीको अध्यक्षतामा ३५ सदस्यीय राष्ट्रिय किसान संगठन नेपालको घोषणा समेत गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment