कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

डिसी नेपाल
२७ वैशाख २०८१ १६:२९
36
Shares

विराटनगर। कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

बिहिबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन्। कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै आफ्नो सरकारलाई निरन्तरता दिन माग गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आव्हान गरेर आजै दाबी पेश गरेका एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *