कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

डिसी नेपाल
२७ वैशाख २०८१ १८:४२
80
Shares

मोरङ। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन्।

बिहीबार अपरान्ह मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन्। नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले मन्त्रीका रुपमा शपथ लिएका हुन्।

बिहीबार नै मुख्यमन्त्रीमा दावी पेश गरेका कार्कीलाई प्रदेश प्रमुखले बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्।

मुख्यमन्त्री कार्कीले आफु संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *