चुनौतीप्रति निराशा व्यक्त गर्नेले केही गर्न सक्दैनन् : माधव नेपाल
काठमाडाैं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिभिन्न घटनाक्रममा देखिने चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
पशुपति चौलागाईको तेश्रो वार्षिक पुण्यतिथिको अवसरमा दोलखा-काठमाडौं सम्पर्क मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले बिभिन्न चुनौतीहरुलाई सामना गर्न अघि बढ्नुपर्ने भन्दै चुनौतीहरुप्रति निराशा व्यक्त गर्नेहरुले केही गर्न नसक्ने बताए।
उनले कम्युनिष्ट क्रान्तिकारीहरु जीवनका घटनाक्रमप्रति चिन्तित हुन नहुने बताए। उनले समाजवादको सिद्धान्तलाई अवलम्वन गरेकाहरुले उत्पादनसँग जोडिनुपर्ने बताए।
कृषि उत्पादन, लगानीका अन्य बिषय, जलविधुत लगाएतका क्षेत्रमा युवाहरु क्रियाशिल हुनुपर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले प्रतिगमनको विरूद्धमा चौलागाईंले खेलेकाे भूमिकाको स्मरण गरे।
कार्यक्रममा स्मृतिमा पशुपति चौलागाईं नामक पुस्तकको बिमोचन गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment