संसदको गतिरोध अन्त्यका लागि संसदीय समिति गठन कांग्रेसको बटमलाइन

डिसी नेपाल
३१ वैशाख २०८१ १३:०८
20
Shares

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन्।

उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउँदै प्रवक्ता महतले त्यो विषयले आफुहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन्। उनले भने- ‘यो विषयमा कांग्रेसले सम्झौता गर्दैन। यो विषय अब कांग्रेसको मात्र रहेन। यो आम जनताको विषय हो। कांग्रेसले त यो विषय उठाएको मात्र हो।’

नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *