माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

डिसी नेपाल
३१ वैशाख २०८१ १७:५९
260
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ।

पार्टीको पोलिटब्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन्।

उनले वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन्।

प्रतिवेदनमा उनले भनेका छन्– ‘यो समिकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो। त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समिकरण वा सहकार्य पनि बदलिन सक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.