मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सरकारले मंगलबार नै नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै बैठकले १६ औं पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको उनले बताइन्। सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगले यसअघि मन्त्रिपरिषदमा पठाएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment