कोशीमा सांसद निर्मला लिम्बूको अशोक राईको पक्षमा सनाखत
विराटनगर। कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन्। लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ।
निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन्। योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment