नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएः गृहमन्त्री लामिछाने

डिसी नेपाल
१ जेठ २०८१ १९:१०
168
Shares

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएको बताएका छन्।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले केहि पुराना कार्यक्रमका साथै धेरै राम्रा नयाँ कार्यक्रमहरु आएको बताएका हुन्।

गृहमन्त्रालयमार्फत सबै तहका प्रहरी कर्मचारीहरुको अवकाश समय पुनरावलोकन गर्ने, बढुवाका कुरा, खुल्ला कारागार लगायतका नयाँ कार्यक्रम आएको उनले बताए। उनले सरकारको कार्यक्रमको कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखे।

उनले बजेटमार्फत सरकारको कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास रहने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *