नीति तथा कार्यक्रम सकारात्मक: सत्ता पक्ष
काठमाडौं। सत्ता घटकमा रहेका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सकारात्मक भएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नवगठित जनता समावजादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकका लागि केही गरौँ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हुटहुटी यसले बोकेको बताए। उनले यसमा धेरै विषयस्तु समेटिएकाले सकारात्मक भएको टिप्पणी गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आशालाग्दो भएको र यसले अर्थतन्त्रलाई कसरी सुधार ल्याउने विषय प्राथमिकतामा राखेकाले यसको कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment