नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी
तनहुँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्।
मंगलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका हुन्।
अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गरेकाे निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए।
यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएकी छन्।
अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ। पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment