खेलाडीबाट अनुशासन सिक्नुपर्छः उपसभापति गुरुङ

डिसी नेपाल
२ जेठ २०८१ २२:१३
32
Shares

अन्नपूर्ण। नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नुपर्ने बताएका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीद्वारा आज पोखरामा आयोजित प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा उपसभापति गुरुङले राजनीतिमा अनुशासनको कमी हुँदै गएको बताए। ‘हामी राजनीतिककर्मीमा अनुशासनको कमी हुँदै गएको देखिएको छ, खेलाडीबाट अनुशासन सिक्न जरुरी छ’, उपसभापति गुरुङले भने, ‘खेलकुदमा जसरी रेफ्रीले सिठ्ठी बजाएपछि त्यो सिठ्ठीलाई आधार मानेर अनुशासनमा रहेर खेल्छन् तर राजनीतिक खेलाडीहरु बेलगाम भएका छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *